Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक महाशाखामा उमेश जोशी, अपराध महाशाखामा बसन्त कुँवर

२३ पुष , काठमाडौ । नेपाल प्रहरीका २६ जना एसएसपी सरुवा हुँदा केही महत्वपूर्ण कार्यालयका प्रमुखहरु हेरफेर भएका छन् ।

सरुवा अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखमा एसएसपी उमेशराज जोशीको सरुवा भएको छ । त्यस्तै, महानगरीय अपराध महाशाखामा एसएसपी बसन्तबहादुर कुँवरलाई पठाइएको छ ।

अन्र्तराष्ट्रिय विमानस्थलमा भिम डकाल तथा लुम्बिनी तालिम केन्द्रमा सुरेन्द्रराज मैनालीको सरुवा भएको छ । मानब बेचबिखन अनुसन्धान ब्यूरोमा टेकप्रसाद राई, भरतपुर तालिम केन्द्रमा पोषराज पोखरेललाई इन्चान्र्जको रुपमा पठाइएको छ । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा एसपी, डिएसपी र इन्सपेक्टरको पनि सरुवाको तयारी गरिरहेको छ ।

एसएसपी सरुवा सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै