Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वरको फुलबारी गेट नजिक लुटपाटमा संलग्न दुई जना प्रहरीद्वारा पक्राउ

१३ कात्तिक, काठमाडौं । तारकेश्वर नगरपालिका–५ बाट लुटपाटमा संलग्न भएको आरोपमा दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार राति करिब ११ बजे तारकेश्वर–५ गोलढुंगा फूलबारी गेट नजिक एक युवकमाथि लुटपाट गर्ने क्रममा रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका–५ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्य बहादुर घलान र सिन्धुली दुधौली नगरपालिका–१० घर भई हाल बूढानीलकण्ठमै बस्ने २३ वर्षीय मनोज चौधरी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले एक युवकमाथि रकम र मोबाइल लुटपाट गर्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बालाजु वृत्त प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै