२५ मंसिर काठमाडौ । नेपाली काँग्रेस रुकुमको जिल्ला अधिवेशनमा विभिन्न पदहरु बिक्री भएका तथ्य प्रमाणहरु झन पछि झन सार्वजनिक भइरहेका छन् ।
पाटीमा मेहनत र लगानी गरेकाहरुलाई सहमतिको नाममा जबर्जस्त हटाएर पाँच देखि पच्चीस लाख सम्म रुपैयाँमा जिल्लाका केही नेताहरुले महाधिवेशन प्रतिनिधि पद आफुखुसि बेचेका थिए । जो सँग पैसा छ उसलाई पदहरु बेच्दै जानेमा नेपाली काँग्रेस रुकुमका पूर्व पाटी सभापति तथा पूर्व अध्यक्ष राष्ट्रिय दलित आयोगका मान बहादुर नेपाली अहिलेसम्म अग्र स्थानमा छन् ।

नेपाली काँग्रेसको दलित कोटा बाट केन्द्रीय सदस्य उम्मेदवार समेत रहेका मान बहादुरले महाधिवेशन प्रतिनिधि पद लाखौंमा बिक्री गरेको अडियो यस अगाडि सार्वजनिक भइसकेको छ । रुकुम जिल्लामा अन्तिम टुंगो लागेका महाधिवेशन प्रतिनिधिलाई तलमाथि पारेर अर्को एकजना बाट लाखौं रुपैया लिएर काठमाडौंमा महाधिवेशन प्रतिनिधि थप गरेको भन्दै रुकुम काँग्रेसका नेताहरूको अहिले बदनाम भइरहेको छ ।
यसको भित्री रहस्य भने फरक छ,जिल्ला बाट आउनु पर्ने महाधिवेशन प्रतिनिधिहरुको संख्या २७ जनाको थियोे ,त्यसमा २६ जनाको अन्तिम टुंगो जिल्लामै लगाइयो ,बाँकी १ जना आउने महाधिवेशन प्रतिनिधि थिए देब बहादुर ओली । देव बहादुर ओली सँग महाधिवेशन प्रतिनिधि बन्ने चाहाना भए पाँच लाख रुपैया मागियो । त्रिवेणी गाउँ पालिका अध्यक्ष उम्मेदवार हुदा सबै सम्पत्ति सकेका ओलीले त्यति धेरै पैसा दिन सक्ने अवस्था नभएको बताए ।
यसको मुख्य बार्गेनिङ कर्ता थिए उनै मान बहादुर नेपाली देब बहादुरले केही दिनमा साट्ने गरि तीन लाखको सिद्वार्थ बैंकको चेक दिए । यो चेकको म्याद चार दिनको दिइएको थियोे ।चार दिनमा देव बहादुरले महाधिवेशन प्रतिनिधि बन्न उक्त चेकमा पैसा जम्मा गर्न सकेन । पैसा जम्मा नभए पछि काठमाडौ पुगेका मान बहादुरले महाधिवेशन प्रतिनिधि बनाउन पैसावाला मान्छेको खोजि गरे ।
त्यहि क्रममा रुकुम जिल्ला अधिवेशनमा नपुगेका टिकाराम खनाल सँग मान बहादुरले कम्तिमा १० लाखमा महाधिवेशन प्रतिनिधि बेच्ने सहमति गरे ।निर्वाचन अधिकृत मुक्तिराम आचार्य र पाटी सभापति प्रेम प्रकाश ओलीलाई समेत सहमति गराएर फर्जी महाधिवेशन प्रतिनिधिमा खनालको नाम थपियो ।
सहमति अनुसार निर्वाचन अधिकृत आचार्यले पैसा नपाएको भन्दै टिकाराम खनाल भनेर झुक्किएर अर्का काँग्रेस कार्यकर्तालाई टीका खनाल भन्दै फोन गरि मान बहादुरले आफुलाइ सहमति अनुसार तीन लाख नदिई तीस हजार मात्रै दिएको बताए । उक्त कुरा फोन अडियो समेत सार्वजनिक भइसकेको छ ।
उक्त कुरामा मुक्ति आचार्यले काठमाडौमा महाधिवेशन थपे बापत आफुले पाउनु पर्ने तीन लाख मान बहादुरलाई नदिई सिधै आफ्नो खाता Ac no 1430100022844010 Rastriya badijya bank Thapathali KTM Ac holder muktinath Acharya iris 870 मा जम्मा गर्न भनेका छन् । देव बहादुरले जितेन्द्र बुढाथोकीको नाममा काटेको तीन लाखको चेक नसटेपछि यो कहानी बनेको हो ।
जितेन्द्र सभापति ओलीका साला हुन । उजै सालाले हिसाब मिलाउने गरि उक्त चेक काटन लगाइएको थियोे । यि सबै कहानी बाहिरीएपछि रुकुमका काँग्रेस कार्यकर्ता आगो बनेका छन् ।
यस्तो बदमासी नेताहरूलाई बहिष्कार गर्नुपर्छ भन्दै त्रिवेणी गाउँपालिका काँग्रेसले जिल्लाका चारजना नेतालाई बहिष्कार समेत गर्ने निर्णय गरेको छ ।चार जना नेताहरूमा मान बहादुर नेपाली ,गोपाल जि जंग शाह,कृष्ण बहादुर रोकाय र अर्का एकजना रहेका छन् । यस्तै अन्य काँग्रेस गाउँ पालिका समितिले पनि यी नेताहरूलाई गाउँमा निषेध गर्ने तयारी गरेका छन् ।




