गोदावरी, कार्तिक ११ — गोदावरी नगरपालिका वडा नं. १०, चापागाउँमा जारी व्यापार तथा सांस्कृतिक तिहार महोत्सव–२०८२ अन्तर्गत कार्तिक ११ गते (सोमबार) विशेष लाइभ कन्सर्ट आयोजना हुने भएको छ।
कार्यक्रममा सर्वाधिक चर्चित गायक प्रमोद खरेल तथा परम्परा ब्याण्डको बिशेष सांगीतिक प्रस्तुति रहनेछ।
आयोजक समितिका अध्यक्ष नमराज ढुङ्गानाका अनुसार कार्यक्रमलाई अझ आकर्षक बनाउन देशभरका चर्चित कलाकारहरूको सहभागिता रहनेछ। कार्यक्रममा ‘नमस्ते ढोगदिया’की गायिका कविता खत्री, ‘मकैबारी दर्याम दर्याम’की गायिका सुस्मा शाही ठकुरी, नमराज ढुङ्गाना, सविना दाहाल, अनिता पौडेल, सम्झना घिमिरे, सदिच्छा बजगाई, विनिता दाहाल, सरिता भारती, प्रताप हुमागाईलगायत दर्जनौँ कलाकारहरू एउटै मञ्चमा प्रस्तुत हुनेछन्।
कार्यक्रमको स्टेज कार्की टेन्ट हाउसले आकर्षक ढङ्गले निर्माण गर्नेछ भने साउण्ड प्रणाली अडियो बगैंचाले व्यवस्थापन गर्नेछ। मेला व्यवस्थापनमा नमराज ढुङ्गाना, शंकर श्रेष्ठ, तारा बहादुर कार्की, मिलन श्रेष्ठ, दीपक पौडेल लगायतका व्यक्तिहरू सक्रिय रहेका छन्।
महोत्सवमा झ्यालुन्टार युवा क्लब र गुठीको समेत सहकार्य रहेको छ।
त्यस्तै, टिकाभैरब सो–क्योकुसिन कराते शाखा डोजो, प्यागाउँ सांस्कृतिक संरक्षण समाज, किवान्स क्लब अफ टाहाखेल, आदर्श के एण्ड जे कन्सल्टेन्सी, र रेडक्रस उपशाखा चापागाउँले सहयोगीको भूमिका निर्वाह गरेका छन्।
महोत्सवमा गोदावरी नगरपालिका र वडा नं. १० सहकार्यकर्ता रहेका छन् भने वडा नं. ०७, ०६ र ०५ ले सहजीकरण गरिरहेका छन्।
सुरक्षाको जिम्मेवारी चापागाउँ प्रहरी वृत्तले वहन गरेको छ।
दर्शकको सुविधा र आकर्षणका लागि वल्डलिङ्कले फ्रि इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।
महोत्सवको अन्तिम दिनको बिशेष कन्सर्टमा सहभागी हुन आयोजक समितिले सबैलाई निमन्त्रणा गरेको छ।
गायक प्रमोद खरेल, जो हाल ‘द भ्वाइस अफ नेपाल’का जज समेत हुन्, उनको ब्याण्ड व्यवस्थापन औद्योगिक शान्ति नेपाल संस्थाले गर्नेछ।
संस्था र कलाकारबीच कार्तिक १० गते मातातीर्थ महोत्सवबाट सहकार्य सुरु हुने जानकारी पनि प्राप्त भएको छ।






