Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीले बौद्धबाट तीस लाखसहित दुईजना हुण्डी कारोबारी पक्राउ

काठमाडौं । तीस लाख रकमसहित दुईजना हुण्डी कारोबारी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं अनामनगरका युवराज प्रसाईँ र सुनसरी घर भइ काठमाडौंको नयाँबस्ती बस्ने विश्वास राई छन्।

अवैध रुपमा हुण्डी कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त रकमसहित उनीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।

नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई हुण्डी कारोबार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रकाउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

राईको बौद्ध नयाँ बस्तीमा रहेको सटर कोठाबाट ३० लाख १८ हजार रुपैयाँ नगद, २ थान ल्यापटप र ५ थान मोबाइल वरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै