नेपालसँग नजिक रहेर काम गर्छु- चिनियाँ राजदूत सोङ -
Comments Add Comment

नेपालसँग नजिक रहेर काम गर्छु- चिनियाँ राजदूत सोङ

२४ पुष , काठमाडौं । नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङ नेपाल आइपुगेका छन् । नेपालका लागि चीनको २२औं राजदूतको कार्यभार सम्हाल्न आइतबार उनी काठमाडौं आइपुगेका हुन् ।

राजदूत छन्ले चीनको रणनीति साझेदारको नयाँ अध्याय थप्न आफूले भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपालसँग नजिक रहेका काम गर्ने बताएका हुन् ।

‘नेपालमा सबै पक्षसँग नजिकको सम्बन्ध बनाउँदै काम गर्न तत्पर छु । ज्ञान तथा शक्तिलाई साथमा लिएर दुवै देशका जनताको लाभका लागि काम गर्नेछु । विकास तथा समृद्धिका लागि चीरस्थायी मित्रताको सहकार्यका लागि चीन–नेपाल रणनीतिक साझेदारीको नयाँ अध्याय संयुक्त रुपमा लेख्नेछौं‚’ उनले भनेका छन् ।

आफ्नो पहिलो सम्बोधनमा राजदूत छन्ले नेपालको मौलिक अपेक्षा, मित्रताको धरोहर, साझा विकासका खोज्ने संयुक्त कार्य र नयाँ युगको साझा भविष्यका लागि नेपाल–चीनबीच निकट सम्बन्ध विकासका लागि चीन नेपालसँग काम गर्न इच्छुक रहेको बताए ।
चीन र नेपाल दुवैतर्फ महाधिवेशन र आमनिर्वाचनमार्फत नयाँ नेतृत्व आएको भन्दै राजदूत छन्ले यस्तो परिस्थितिमा दुवै देशका नेतृत्वले आपसमा मिलेर काम गर्नेमा जोड दिनुपर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds