Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर–३ चिसापानी सडक अब पिच! स्थानीयले भने- “विकासको स्वाद अब हाम्रो टोलमा”

तारकेश्वर नगरपालिका वडा नम्बर ३ अन्तर्गतको चिसापानी सडक खण्ड आज पिच कार्य सम्पन्न भएको छ।

लामो समयदेखि धुलो र हिलोको समस्या झेल्दै आएका स्थानीयवासीहरू अहिले समतल र मापदण्डअनुसार पिच सडक पाएपछि अत्यन्तै खुसी भएका छन्।

पिच कार्यको नेतृत्व वडा अध्यक्ष परशुराम अर्यालले गरेका थिए भने, सो अवसरमा वडा सदस्य उद्धव अर्याल, तारकेश्वर नगरपालिकाका इन्जिनियर उद्धव अधिकारी, वडा इन्जिनियर तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विकासको गतिसँगै वडा नम्बर ३ मा देखिएको यो परिवर्तनले स्थानीयको दैनिकीमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

एक स्थानीयले भने, “यो पिच राम्रो गुणस्तरको भएको देखिन्छ, धेरै वर्ष टिक्ने विश्वास छ,” भन्दै वडा कार्यालयप्रति आभार व्यक्त गरे।

तर, सडक पिच कार्यको बेला नगर प्रमुख कृष्ण हरि महर्जन उपस्थित नहुनुमा केही स्थानीयहरूले असन्तुष्टि पनि व्यक्त गरेका छन्।

उनीहरूको भनाइमा, “वडा नम्बर ११ मा नेपालटार पिच हुँदा नगर प्रमुख आफैं फिल्ममा देखिए, तर हाम्रो वडामा कोही आएनन्। के प्रमुखको ध्यान वडा ११ मा मात्रै हो?”

यस सम्बन्धमा न्युज२४ ग्यालेक्सीले नगर प्रमुख महर्जनसँग सम्पर्क गर्दा, उनले स्पष्ट पारेका छन् कि आफू त्यो समयमा काठमाडौँ बाहिर विशेष कार्यका लागि भएको कारणले पिच स्थलमा उपस्थित हुन नसकेको बताए।

उनका अनुसार, “मैले सम्बन्धित कर्मचारी र प्रतिनिधिलाई पिच कार्य सुचारु रूपमा सम्पन्न गर्न निर्देशन दिएको थिएँ,” महर्जनले प्रतिक्रिया दिए।

सडक पिचसँगै वडा नम्बर ३ मा विकासको नयाँ अध्याय सुरु भएको स्थानीयहरूले बताएका छन्।

अब यो सडकले दैनिक आवागमन सजिलो बनाउने मात्र होइन, तारकेश्वर–३ लाई आधुनिक नगरतर्फ अघि बढाउने आधार पनि बन्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै