तारकेश्वर नगरपालिका क्षेत्रमा ठूला आवाज निकाल्ने र मोडिफाई गरिएको बुलेट मोटरसाइकलहरू नेपालटार ट्राफिक प्रहरी प्रभागद्वारा नियन्त्रणमा लिइएका छन्।
नेपालटार ट्राफिक प्रहरी प्रभागले स्थानीयवासीको गुनासोपछि ४ वटा बुलेट मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।
नेपालटार ट्राफिक प्रहरी प्रभागका प्रमुख सुरेश कार्कीका अनुसार, सो कारबाही तारकेश्वर क्षेत्रका सडकहरूमा बढ्दै गएको अराजकता र साउन्ड प्रदूषण नियन्त्रणका लागि गरिएको हो।
नियन्त्रणमा लिइएका मोटरसाइकलहरूलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय पठाइएको उनले जानकारी दिए।
प्रमुख कार्की अनुसार ,
“तारकेश्वरमा मोडिफाई गरी ठूला साउन्ड निकाल्ने, सडकमा हुलदङ्गा मच्चाउने र सर्वसाधारणलाई डिस्टर्ब गर्ने सवारीसाधनहरूलाई हामी कारबाहीको दायरामा ल्याइरहेका छौँ। यो कदम दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गर्नको लागि पनि हो।”
नेपालटार ट्राफिक प्रहरीले यस्ता अवैध रूपमा मोडिफाई गरिएका सवारीसाधनमाथि निरन्तर निगरानी गर्ने जनाएको छ।






