Comments Add Comment

Advertisment

SKIP THIS

काभ्रेको बनेपामा सिडिओ र एसपिद्धारा ५०० लिटर अवैध घरेलु मदिरा नष्ट

१५ माघ, काठमाडौं । जिल्लामा प्रहरी प्रमुखमा नयाँ नेतृत्वको आगमनसंगै प्रहरीले सकृय ढंगबाट कार्यको सुरुवाती गरेको छ । जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई सहज बनाउने कार्यको लागि विभिन्न ढंगको योजनाहरु बनाई मातहतका प्रहरी परिचालन गर्ने कार्य भएको हो।

No description available.

कानुनले निषेध गरेको कार्य गर्ने गराउनेलाई लक्षित गर्दै अगाडी बढ्ने क्रममा जिल्लामा हुने विभिन्न गतिविधिलाई प्रहरीले नियालेको हो । जस अन्तर्गत जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधबार ५ सय लिटर कच्चा पद्धार्थ र १५ सय ६६ लिटर अवैध घरेलु मदिरा बरामद गरेको थियो । जिल्लाका विभिन्न स्थानबाट घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

No description available.

जिल्लामा नयाँ नेत्तृत्व संहालेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले काभ्रेको विभिन्न स्थानमा गरेको अनुगमन तथा निरीक्षणका अधिकांश स्थानबाट घरेलु मदिराका कारण समाजमा झैँझगडा लगायतका अपराधजन्य गतिविधि बढेको र यसको न्यूनिकरण गर्न स्थानीयले सुझाव दिएपछि नियन्त्रणका लागि कार्यालयले अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरीस् प्रमुख चक्रराज जोशीले जानकारी दिए ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै