Comments Add Comment

Advertisment

SKIP THIS

टी–ट्वान्टी क्रिकेटमा नेपालको वरीयता खस्कियो

०३ फाल्गुन , काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले गर्दै आएको टी–ट्वान्टी वरीयतामा नेपाल खस्किएको छ। आईसीसीले सोमबार सार्वजनिक गरेको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान खस्किएको हो।

आईसीसीको वरीयतामा नेपाल १३ औं स्थानमा छ। यसअघि १२ औं स्थानमा रहेको नेपाल एक स्थान तल झरेको हो।

ओमानमा सम्पन्न चार देशीय टी–ट्वान्टी सिरिजका तीनमध्ये दुई खेलमा नेपाल पराजित भएको थियो। सोही पराजयले नेपालको वरीयता खस्किएको देखिन्छ। उक्त सिजिले जितेको यूएई १२ औं स्थानमा उक्लिएको छ।

आईसीसी वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रो र तेस्रोमा भारत र पाकिस्तान छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै