Comments Add Comment

बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी

३१ साउन , काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता र सिट बाँडफाँड लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठक सकिए लगतै गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड पुगेका हुन्।

सत्ता गठबन्धनको सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठकले संयोजकको जिम्मेवारी कृष्णप्रसाद सिटौलालाई दिएको छ। कार्यदलले दिएको सुझावको आधारमा निर्णय लिने नेताहरुले बताएका छन्।

प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि मंसिर ४ गते हुने निर्वाचन प्रयोजाका निर्वाचन आयोगले दिएकाे समय सिमा आज सकिदैछ । दल दर्ताका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरु आजै निर्वाचन आयोगमा जाँदैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै