Comments Add Comment

Advertisment

SKIP THIS

वाग्मतीका मुख्यमन्त्री पाण्डेले लिए शपथ

११ कार्तिक , काठमाडौ । वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज दिउँसो प्रदेश प्रमुख यादवराज शर्मामार्फत उनले प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा शपथ लिएका हुन् । मुख्यमन्त्री पाण्डेले आजै तीन मन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।

उनले नेकपा (माओवादी) केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली कांग्रेसका कृष्णलाल भडेललाई भौतिक पूर्वाधार विकास र नेकपा(एस)का कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरे ।

नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको शपथ लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै