Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं प्रहरीको सफलता : २४ घण्टा नबित्दै हत्यारा पक्राउ गर्न सफल नेपाल प्रहरी

जिल्ला प्रहरी परिसर काठमाडौंले धुव्रबहादुर खड्काको हत्या आरोपमा मोरङका ३२ वर्षका रामबहादुर थापालाई पक्राउ गरेको छ । थापाले लुटपाट गर्ने उद्देश्यले हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

काठमाडौंको रातोपुलस्थित रुद्रनगर शान्तिमार्गमा माघ २४ मा ध्रुवबहादुर खड्का मृत भेटिए । बीरगञ्ज घर भएर टोखा नगरपालिका–३ वस्ने खड्कालाई आरोपीले बत्तिसपुतलीबाट लगेर रातोपुलमा हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

एसएसपी कार्कीका अनुसार हत्या गरिएका खड्का बत्तीसपुतलीमा भोज खाएर मंगलबार साँझ करिब ९ बजेर ३० मिनेटमा घर जान भनी निस्केका थिए। मापसे गरेका उनलाई थापाले ‘घर लगिदिन्छु’ भनेर ट्याक्सीमा चढाएर रातोपुल पुगेपछि ओराले र ट्याक्सीलाई फिर्ता पठाई उनको त्यहीँ कुटपिट गरी हत्या गरे। मूल सडकबाट केही मिटर भित्र गल्लीमा लगेर पहिले भित्तामा अनुहार ठोक्काएको र त्यसपछि छातीमा लात्तिले हिर्काएर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ।

एसएसपी कार्कीका अनुसार थापाले खड्कासँग भएको नगद र सामान लुट्ने उद्देश्यले कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । थापाले गौशालाको रुद्रनगर शान्ति मार्गमा खड्काको छातीमा दुबै खुट्टाले हानिरहेको नजिकैको सीसीटीभी फुटेमा पनि देखिएको प्रहरीले बताएको छ ।

प्रहरीले थापाको साथबाट लुटिएको मोवाइल र पर्स पनि बरामद गरेको छ । धेरै पैसा हुन सक्ने अनुमान गरेर आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । तर पैसा केही हजार मात्र भेटिएको पाइएको प्रहरीको भनाइ छ । खड्का मापसे गरेर एक्लै हिँडेको देखेपछि लुट्ने नियतले उनले रातोपुलमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको हो।

मृतक धुव्रबहादुर खड्का भने राष्ट्रिय बिमा संस्थानका पूर्व कर्मचारी हुन्। दुई वर्ष अगाडी मात्र उनले जागिर छोडेका थिए। पक्राउ परेका अभियुक्त विरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ज्यान मुद्दामा पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै