Comments Add Comment

Advertisment

SKIP THIS

प्रयोजन विपरीत सवारी साधन चलाउने २० जना चालकलाई ट्राफिक प्रहरीले कारबाही

काठमाडौँ । प्रयोजन विपरीत सवारी साधन चलाउने २० जना मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । निजी प्रयोजनमा दर्ता भई भाडा लिएर यात्रु बोक्ने गरेको पाइएपछि बिहीबार चालकलाई कारबाही गरिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको ट्राफिक प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट २० जना मोटरसाइकलका चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

यस्तै यात्रु लिन इन्कार गर्ने १० जना ट्याक्सी चालकलाई पनि काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ । यात्रुले जान चाहेको स्थानमा जान नमान्ने १० जना ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो।

सार्वजनिक सवारी चालकले खाली रहेको अवस्थामा यात्रु लिन इन्कार गरेमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार ५ सयदेखि १५ सयसम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै