एउटा राष्ट्रसेवक निलो वर्दीमा
घाम, पानी, भोक, प्यास नभनी उभिन्छ।
जनताको सेवा गर्ने कसम खाएको उसले
मान्छेको भिंड नभनी उत्रिन्छ
प्रहरी जवान शान्ति,सुरक्षा प्रतिवद्वता संगैनिर्देशित भई खटीइरहन्छ हर बखत
राष्ट्र सेवक, निलो वर्दीमा ।।
घर परिवार विर्सेर कार्य क्षेत्रमा
खटिदै हिंडछ राष्ट्रसेवक जवान
उभिन्छ अडीग भई मैदानमा
ओठमुख सुकेको प्रवाह नगरि ।।
धेरै अप्ठ्याराहरुमा खटीन्छ ऊ,
बाबा आमाको हातले निधार नछोएको कति भयो
अर्धाङ्गीनीको यादहरुले मुटु दुखेको कति भयो
साना नानीहरुको मुस्कान देख्न नपाएको कति भयो ।
साथि संगीका मिठा यादहरुले सताइरहेको छ
गाऊं, खोला, बुट्यान, बाटा, गोठ र चौताराहरु
न्यास्रो मानेर बोलाइरहेका छन्,
र पनि जनताको जिउधनको सुरक्षा गर्न।।
निर्भिक भई भुलभुलैयाबाट धेरै पर निस्केर
खटिरहन्छ एउटा राष्ट्रसेवक डिउटीमा
निरन्तर खटिरहन्छ राष्टसेवक ।।
अफशोच,त्यही राष्ट्रसेवक माथि ढुङ्गा बर्साउंछ कोहि
ठूलो भिंड बनेर जाई लाग्छन् उसैमाथि कोहि
फाल्छन् राँके जुलुसका राँकाहरु उसैमाथि
टुक्राउंन खोज्छ उसका बलवान छातीहरु ।
लड्छ तैपनी राष्ट्रसेवक जनधनको सुरक्षा गर्दै
बढ्छ राष्ट्रसेवामा हरवखत विचलीत नभई,
अपेक्षा फलको छैन निलो पोसाक धारी कत्ति पनि
राष्ट्रसेवा पहिलो कर्तव्य झुक्दैन ऊ कत्ति पनि ।।
ऊ विना एक्लो छ सडक, एक्लो छ नागरिक र सुरक्षित छैनन् मानव वस्तिहरु
सहयात्रीहरु अझै कर्तव्यमा लागिरहेछन्
ऊ भने अस्पतालको शैय्यामा स्लाइन लिदैंछ ।
र भन्दैछ सत्य, सेवा, सुरक्षणम्
अनि थप्दैछ ऊ स् म मरेपनि मेरो देश बांचीरहोस् ।।
लेखक : प्रहरी निरिक्षक रामकुष्ण देवकोटा



