Comments Add Comment

Advertisment

SKIP THIS

यात्रुलाई ‘नक्कली टिकट’ काटेर दुःख, हैरानी दिइ ठगी गर्ने कार्यमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । यात्रुलाई सवारी साधनको ‘नक्कली टिकट’ काटेर दुःख, हैरानी दिइ ठगी गर्ने कार्यमा संलग्न पाँचजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परीसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा मकवानपुर घर भएका २५ वर्षीय सन्देश श्रेष्ठ, २८ वर्षीय रोहित लामा, महोत्तरी घर भएका २६ वर्षीय अनिल बुढाथोकी, काठमाडौँको कोटेश्वर बस्दै आएका कमल सार्की र राजकुमार डंगोल रहेका छन् ।

सर्वसाधारण नागरिकका अति आवश्यक दैनिक जीवन यापनका क्रियाकलापमा विभिन्न व्यक्ति, समूह, बिचौलियाहरुले चाड पर्वको अत्यन्त व्यस्त, भिडभाडपूर्ण समयमा विभिन्न समस्या तथा बाध्यताको फाइदा उठाएर पाकेटमारी, चोरी, लुटपाट, सवारी साधनमा बढी भाडा असुली गर्ने, नक्कली टिकट बेचबिखन गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परीसर काठमाडौंले जनाएको छ ।

नक्कली टिकट काटेर उनीहरूले यात्रुलाई कोटेश्वर र बल्खुमा बोलाउने गरेको तर, त्यहाँ पुगेपछि गाडी छैन भनेर ठग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । पक्राउ परेकाहरुमाथि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै