Comments Add Comment

Advertisment

SKIP THIS

अर्थ

List Grid
डिएसपी दिनेश घिमिरेको दुई सय चार औं कविता : आजको म

आजको म हिजोको भन्दा फरक छु
हिजो ममा मिठासपूर्ण भाषाहरू थिए
सबैमा मित्रबत दृष्टि राख्ने आखाँहरू थिए
मनमौजी थिएँ त्यसै त्यसै बुरूक्क हुन्थेँ।।
कुनै कारण चाहिदैन थियो खुशी हुन
जुनैबेला जतैपनि आफैमा मख्ख हुन्थे
कसैको बेपरबाहमा पनि लठ्ठ थिए आफैमा
जीवनको शैलीमा म मेरो निम्ति मात्रै थिए।।
आजको म हिजो जस्तै कदापि छैन
धैरे फेरिएको छु खुशीहरू रहर बनेका छन
आवाजहरू आफ्नै बाध्यता बनेका छन
जीवन स्वार्थहरूले ढकमक्क फुलेको छ।।
मलाई बोल्न पनि कुनै आवश्यकता चाहिन्छ
स्वतन्त्र आवाजहरू म भित्र भित्रै मरिसके
ममाथि समयको अनियन्त्रित हस्तक्षेप छ
आजको ममा आबश्यकताको परिबर्तन छ।।
आजको मलाई खुशीहरू तौलेर लिनुपर्छ
आखाँहरूले नबोली आँशुहरू बोकिँ दिन्छन
आँशुहरू बोकिँ समुद्र मन्थनको प्रयासमा छु
आज …

लाखौं राजश्व छलीका सामाग्रीसहित ८ जनालाई काठमाडौँ प्रहरीले पक्राउ

काठमाडौँ । काठमाडौँको चःमतीबाट राजश्व छलीका विभिन्न सामाग्रीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जाहरू राजस्व छली चोरी पैठारी गरी काठमाडौँ ल्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
विभिन्न मोबाइल पसलहरूमा बिक्री वितरण तथा भण्डारण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विभिन्न कम्पनीको मोबाइलको पार्टपुर्जासहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोशन कुमार महतो, सत्यनारायण कृष्णमुर्थी, दीपक शेकर, भिनोथ कुमार अमर चन्द, सिकेन्दर रजा, शेष पिर मोहम्मद मोस्तान, मोहम्मद रेहान, रौनक ठाकुर रहेका छन् ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व …

लगातार चार दिन घटेको सेयर बजार २ अंकले बढ्यो

बैशाख ११, काठमाडौ । आइतबारदेखि चार दिनसम्म लगातार घटेको सेयर बजार बिहीबार सम्हालिएको छ । यस दिन बजार २।०७ अंक बढ्यो ।
सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६५८ मा कायम भएको छ । कारोबार रकम पनि ३० करोड बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८७ करोडको भयो ।
अघिल्लो कारोबार दिन बुधबार नेप्से ३२.३८ अंकले घटेको थियो भने मंगलबार ९.९६ अंक, सोमबार ७.७५ अंक र आइतबार १६.६८ अंकले संकुचित बनेको थियो ।
कुल ८३ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने एउटाको स्थिर रह्यो । …

तोलामा २३०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

१ फागुन, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार तीनसय रुपैयाँ बढेको हो। सुनको मूल्य आज तोलाको एक लाख ६९ हजार आठसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार पाँचसय रुपैयाँ थियो।
गएको मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ७० हजार दुईसय रुपैयाँ पुगेको थियो। आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ बढेको छ।
आज चाँदी प्रतितोला एक हजार नौसय ६५ रुपैयाँमा किनबेच भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ३० रुपैयाँ थियो।
गएको …

एक हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

२८ पुष ,काठमाडौ । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । हिजो तोलामा एक लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ८६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

सुनकाे मूल्य हालसम्मकै उच्च, ताेलाकै एक लाख ५३ हजार

५ भदौ , काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५३ हजार तोकिएको छ । मंगलबारको तुलनमा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
मंगलबार सुनको भाउ प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । मंगलबार १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ८ सय ३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर, ५२ जना कर्मचारी माग [सूचनासहित]

३२ साउन , काठमाडौ ।  नेपाल राष्ट्र बैकले विभिन्न पदका लागि आवेदन माग गरेको छ ।
बैकले आज एक सूचना जारी गर्दै सहायक निर्देशक ३४, सहायक १३ र सहायक सूचना प्रविधि पदका लागि ५ जना माग गरेको हो ।

बैंकमा रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति २०८१ साउन ३२ देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्न आव्हान गरिएको छ ।

आगामी भदौ २० सम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

जुनियर प्रहरीलाई १६ वर्षमा पेन्सन दिनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा

३१ साउन , काठमाडौ । प्रहरीको तल्लो दर्जाका कर्मचारीलाई १६ वर्ष सेवा गरेपछि पेन्सन दिनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ ।
गृह मन्त्रालयले निर्माणाधीन नयाँ प्रहरी ऐनको मस्यौदामा सो व्यवस्था राख्नुपर्ने प्रस्ताव अर्थको राय लिन पठाएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।
जवान र हवलदारलाई १६ वर्षमा र जुनियर अधिकृतलाई १८ वर्षमा पेन्सन दिन ऐनमा व्यवस्था गर्नुपर्ने गृह मन्त्रालयको प्रस्ताव छ । इन्स्पेक्टर र सोभन्दा माथिका सिनियर अधिकृतहरूलाई २० वर्षमा पेन्सन दिनुपर्ने प्रस्तावमा उल्लेख छ ।
प्रहरी ऐनको मस्यौदामा काम गरिरहेका एक जना अधिकृतका अनुसार २०७५ भन्दा अगाडी भर्ना भएका प्रहरी …

नेप्से ३ हजार बिन्दु पार, करिब ३० अर्बको कारोबार

३१ साउन , काठमाडौ । आज शेयर बजारमा अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार भएको छ । बिहीबार २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रूपैयाँको कारोबार भएको हो ।
आज नेप्से परिसूचक पनि ४३.०५ अंकले बढेर ३०००.८१ अंकमा रोकियो । १०५ कम्पनीको शेयर मूल्यवृद्धि भएको छ भने, १३७ कम्पनीको घटेको छ ।
आज ३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३ सय ४६ कित्ता खरिदबिक्री भएको छ ।
भने, ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जी कम्पनीको शेयर मूल्य …