Comments Add Comment

Advertisment

SKIP THIS

फिचर

List Grid
तारकेश्वर–३ मा ‘आरोग्योत्सव’ भव्य, आयुर्वेद र स्वस्थ जीवनशैलीमा जोड

काठमाडौं । आयुर्वेदिक जीवनशैलीको प्रवर्द्धन तथा स्वस्थ जीवनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले तारकेश्वर नगरपालिका वडा नं. ३ स्थित आयुर्वेद हेल्थ होम नागार्जुन सेन्टरमा ‘आरोग्योत्सव’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
पहिलो अन्तर्राष्ट्रिय वेलनेस दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रमले स्वास्थ्य, योग, प्राकृतिक उपचार तथा समग्र जीवनशैली सुधारका विविध पक्षहरूलाई समेट्दै सहभागीहरूलाई महत्वपूर्ण सन्देश दिएको छ।
तारकेश्वर नगरपालिकाकी कार्यवाहक मेयर सृजना बुर्लाकोटी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, स्वास्थ्यकर्मी, योग प्रशिक्षक, आयुर्वेद विशेषज्ञ तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उपप्रमुख समेत रहनुभएकी बुर्लाकोटी अर्यालले तारकेश्वर …

चिल्ड्रेन्स इन्टरनेशनल एकेडेमीमा स्व. शिव कुमार श्रेष्ठको १५औँ पुण्यतिथिमा श्रद्धाञ्जली

काठमाडौं महानगरपालिका स्थित चिल्ड्रेन्स इन्टरनेशनल एकेडेमीले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय शिव कुमार श्रेष्ठको १५औँ वार्षिक पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालय परिवारले उहाँको तस्वीरमा माल्यार्पण गर्दै आत्माको चिरशान्तिको कामना गरेका छन्। कार्यक्रममा शिक्षक, कर्मचारी, समाजका बुद्धिजीवी, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्वर्गीय श्रेष्ठले आफ्नो जन्मथलोको जग्गा खान्चोक सेवा समाज र खान्चोक कल्याण गुठीलाई संयुक्त रूपमा “शिवकुमार श्रेष्ठ प्रतिक्षालय” निर्माणका लागि प्रदान गर्नुभएको थियो। उहाँको यो कार्यलाई स्थानीय समुदायले उच्च सम्मानका साथ स्मरण गर्दै आएका छन्।
त्यसैगरी, उहाँकी धर्मपत्नी पूर्णिमा श्रेष्ठले स्वर्गीय शिव कुमार श्रेष्ठको नाममा …

जितपुर माध्यमिक विद्यालयको ६२औँ वार्षिक उत्सव तथा २२औँ अभिभावक दिवस सम्पन्न

काठमाडौं । तारकेश्वर–३ किसान्डोलस्थित जितपुर माध्यमिक विद्यालयले आफ्नो ६२औँ वार्षिक उत्सव तथा २२औँ अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।
सोमबार आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नृत्य, गीत, नाटक लगायत विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै कार्यक्रमलाई आकर्षक बनाएका थिए।
कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता तथा आत्मविश्वास झल्किने विभिन्न प्रस्तुतिहरू देख्न पाइयो।
कार्यक्रममा प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सिर्जना बुर्लाकोटी, शिक्षा शाखा प्रमुख, तारकेश्वर नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, अभिभावक, शिक्षक, शिक्षिकाहरु, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कृष्णहरि महर्जनले तारकेश्वर नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको विकास र …

बसपार्क प्रहरीको सफलता, टोखा–३ मा १० हजार लिटर अवैध रक्सी बरामद

काठमाडौं । टोखा नगरपालिका वडा नम्बर–३ स्थित भत्केको पुल नजिक सञ्चालन हुँदै आएको अवैध घरेलु रक्सी उत्पादनस्थलमा नयाँ बसपार्क प्रहरी प्रभागको टोलीले छापा मारेको छ।
नेपाल प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा गरिएको छापाका क्रममा ठूलो परिमाणमा अवैध सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार करिब १० हजार लिटर अवैध घरेलु रक्सी, ९ हजार किलोग्राम गहुँ र कोदोको कच्चा पदार्थ तथा रक्सी पकाउने ३ सेट भाँडाकुँडा बरामद गरिएको हो।
बसपार्क प्रहरी प्रभागका अनुसार यो कारबाही हालसम्मकै सबैभन्दा ठूलो परिमाणको बरामद मानिएको छ। अवैध गतिविधि नियन्त्रणमा लिएको भन्दै स्थानीयवासीहरूले प्रहरीको सक्रियताप्रति धन्यवाद व्यक्त गरेका …

बालाजु वृत्त प्रहरी प्रमुख ज्ञानबहादुर बिष्टको नेतृत्वमा लेडीज ब्याग लुटपाट गर्ने गिरोह तार्केश्वरबाट पक्राउ

काठमाडौँ — तारकेश्वर नगरपालिका क्षेत्रभित्र महिलालाई लक्षित गरी मोटरसाइकलमार्फत लेडीज ब्याग लुटपाट गर्दै आएको गिरोहलाई बालाजु प्रहरी वृत्तका प्रमुख ज्ञानबहादुर बिष्टको नेतृत्वमा खटिएको विशेष टोलीले सफलताका साथ पक्राउ गरेको छ।
२०८२/०८/०८ गते बेलुकी करिब ५:१५ बजे तारकेश्वर–११ नेपालटार सडक खण्डमा घर फर्कँदै गरेकी लमजुङ राईनास नगरपालिका–६ घर भई हाल तारकेश्वर–९ शुभकामना चोक बस्दै आएकी रन्जु शर्मा माथि मोटरसाइकलमा सवार अज्ञात व्यक्तिहरूले आक्रमण शैलीमा झोला खोसी फरार भएपछि घटना सार्वजनिक भएको थियो।
गम्भीर प्रकृतिको यस घटनापछि तत्काल अनुसन्धानमा जुटेको प्रहरी टोलीले २०८२/०८/०९ गते बिहान तारकेश्वर–८ सुकुम्बासी टोलबाट लुटपाटमा संलग्न ४ जनालाई प्रमाणसहित पक्राउ …

माछापोखरी प्यालेस एण्ड रेस्टुरेन्ट भव्यताका साथ उद्घाटन, १२०० जनासम्म अट्ने विवाह स्थल तथा आधुनिक रेस्टुरेन्ट सेवासहित

माछापोखरी, कात्तिक २९ । माछापोखरी क्षेत्रको आतिथ्य तथा कार्यक्रम व्यवस्थापन सेवामा नयाँ आयाम थप्दै माछापोखरी प्यालेस एण्ड रेस्टुरेन्ट प्रा.लि. को भव्य उद्घाटन शनिबार सम्पन्न भएको छ।
स्थानीय तथा समाजसेवीको उपस्थितिमा सम्पन्न उद्घाटन कार्यक्रममा रेस्टुरेन्टले आधुनिक सुविधा, स्वादिष्ट परिकार र ठूलो क्षमताको हलसहित सेवा विस्तार गर्ने घोषणा गर्यो।
यस प्यालेसमा बिहे, वर्तबन्ध, पास्नी, जन्मदिन तथा विभिन्न सामाजिक कार्यक्रमहरू आरामपूर्वक आयोजना गर्न ५०० देखि १२०० जनासम्म अट्ने विशाल विवाह स्थल (Banquet Hall) को व्यवस्था गरिएको सञ्चालक समितिले जनाएको छ।
आधुनिक सजावट, साउन्ड सिस्टम, लाइट सेटअप र क्याटरिङ सेवासहित यो हल क्षेत्रकै आकर्षक सुविधा बनेको छ।
दैनिकीमा …

बालाजु प्रहरी वृत्त स्थानीय पहलमा पुनर्निर्माण, विशेष समारोहका बीच नेपाल प्रहरीलाई हस्तान्तरण

काठमाडौं, कात्तिक २९ — जेन्जी आन्दोलनका कारण क्षतिग्रस्त बनेको बालाजु प्रहरी वृत्त स्थानीय बासिन्दा र विभिन्न संघ–संस्थाहरूको सक्रिय सहयोगमा पुनर्निर्माण गरी शुक्रबार एक औपचारिक समारोहका बीच नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी आत्मा कृष्ण श्रेष्ठ रहे।
समारोहमा माननीय बसन्त मान्धर, माननीय प्रकाश श्रेष्ठ, काठमाडौं–१६ की वडा अध्यक्ष रोजिना श्रेष्ठ, वडा सदस्यहरू, स्थानीय सर्वसाधारण, समितिका संयोजक समाजसेवी शिव भक्ती रजित, पूर्व समिति अध्यक्ष गौतम प्रजाप्रती, पूर्व समिति सदस्य सानु प्रजापति तथा प्रहरी काठमाडौं परिसरका प्रमुख रमेश थापा सहितको उपस्थिति रहेको थियो।
पुनर्निर्माण अभियानमा पत्रकार तथा अभियन्ता राममणि घिमिरे, समाजसेवी तथा अभियन्ता …

जीवन रक्षा बचत तथा ऋण सहकारी संस्था लि.को १६औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

काठमाडौँ, कात्तिक २२ – बालाजु–१६, काठमाडौँस्थित जीवन रक्षा बचत तथा ऋण सहकारी संस्था लि. को १६औँ वार्षिक साधारण सभा आज एक भव्य समारोहका बीच सम्पन्न भएको छ।
“उन्नतिको सहयोगी, जीवन रक्षा सहकारी” भन्ने नाराका साथ अगाडि बढिरहेको यस सहकारी संस्थाको सभा बालाजुस्थित गोरखा प्यालेसमा आयोजना गरिएको थियो।
सभाको अध्यक्षता संस्थाका अध्यक्ष श्री शालिकराम घिमिरेले गर्नुभयो भने कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ महानगरपालिका वडा नं. १६ की सदस्य शारदा सुवेदी रहनुभएको थियो। सो अवसरमा संस्थाका पूर्व अध्यक्षहरू, सल्लाहकार समिति, र सञ्चालक समितिका पदाधिकारीहरू विशेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा उपाध्यक्ष श्री देवकुमार श्रेष्ठ, सचिव श्री …

तारकेश्वरमा ‘दारी ग्याङ काठमाडौं’द्वारा नेपालटार ट्राफिक प्रहरीलाई सामग्री हस्तान्तरण

तारकेश्वर, कार्तिक १२ – आन्दोलनका क्रममा क्षति पुगेका अत्यावश्यक सामग्रीहरू पुनःस्थापनाको उद्देश्यले ‘दारी ग्याङ काठमाडौं’ले आज तारकेश्वर नगरपालिका अन्तर्गत नेपालटार ट्राफिक प्रहरी प्रभागलाई विभिन्न सामग्रीहरू हस्तान्तरण गरेको छ।
सो क्रममा १५ थान रोड डिभाइडर र ५ थान ट्राफिक चेकिङ फ्लेक्स बोर्ड प्रभाग प्रमुखलाई हस्तान्तरण गरिएको हो।
यस सहयोगबाट सडकमा आवतजावत गर्ने सवारीसाधन चालकहरूलाई थप सुरक्षाको अनुभूति हुने अपेक्षा गरिएको छ। साथै, ट्राफिक प्रहरीले दिनरात नभनी जनताको सुरक्षा र सुविधाका लागि निरन्तर सेवा दिइरहेको भन्दै ‘दारी ग्याङ काठमाडौं’ले ट्राफिक प्रहरीप्रति सम्मान र आभार प्रकट गरेको छ।
नेपालटार ट्राफिक प्रहरी प्रभागका प्रमुखले पनि सो सहयोगप्रति …