१५ जेठ , काठमाडौ । केही वर्ष पहिले मलाई एकजनाले एउटा पुस्तक दिनुभयो सेतो लुगा भित्र कालो मन, मैंले अचम्म मान्दै के बुक हो ? भनी तत्काल प्रश्न गरें। सर मेरो पीडा र भोगाई हो । तपाईंको व्यक्तिगत पीडा र भोगाई हामीले किन पढ्नु ?

हेर्दा दयनिय अवस्थामा देखिने ती व्यक्ति कुनै ठूलो विपत्तिबाट निस्केको जस्तो देखिन्थ्यो नै। पुस्तक पढ्दै जाँदा रैछ उहाँको आमाको उपचारको क्रममा मृत्यु भएको कारण यो पुस्ताको सृजना गरिएको । उहालाई लागेछ नर्स र डाक्टर ले मेरो आमालाई बचाइदिएनन् । चाहेको भए बचाउन सक्थे। लापरबाही गरे र मेरो आमा मरीन। त्यसैले नर्स र डाक्टर भनेका दुस्मन हुन ।

युद्दमा होमिएको सिपाही, लडिरहेको सिपाहीको पछाडि अरु २र३ जना सिपाही साथी सपोर्ट रूपमा हुन्छन्। उसको गोली सकियो भने गोली पास गर्न, हतियार बिग्रियो भने फेर्न, उसलाई भोक प्यास लाग्यो चिउरा पानी सप्लाई गर्न, घाइते भयो भने उद्धार गर्न, औषधी गर्न, पछाडि साथी खडा हुन्छ। यदि उ मर्यो भने उसको ठाउँबाट लड्न अर्को साथी तयार हुन्छ।

आफैं मरेर अरुलाई बचाउँछ कोही भने ती नर्स, डाक्टर नै हुन्। तर त्यो कोही बुझ्दैन। बुझ्न पनि चाहन्न। यही कोरोना बिरामीको उपचारमा खटिने कति स्वास्थ्यकर्मीले ज्यान गुमाइसकेको छन् ।

ए कलियुग एउटा मात्र सद्बुद्धि दिनु छ भने हामीललाई नर्स, डाक्टर प्रति हेर्ने दृष्टिकोण सही बनाइदे। त्यति बुद्दी जोगाइदे। हामीलाई जोगाउने काम त उहाँहरू गरिहाल्नु हुन्छ । उहाँ, तपाईं पछिको भगवाननै हो। भगवान सँग मेरो प्रार्थना छ यो महामारीबाट नर्स, डाक्टरलाई बचाइदे। हामीलाई त उहाँहरू बचाईहाल्नु हुन्छ ।

लेखक; लक्ष्मण ओलि प्रहरी निरीक्षक