Comments Add Comment

Advertisment

SKIP THIS

हात्तीको दाह्रासहित काठमाडौंको माछापोखरीबाट तीन जना पक्राउ

काठमाडौं। हात्तीको दाह्रासहित काठमाडौंको माछापोखरीबाट तीन जना पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले कारोबारको सूचना भइरहेको सूचनाका आधारमा दाह्रासहित उनिहरुलाई पक्राउ गरिएको जनाएको छ।

पक्राउ पर्नेमा काभ्रेको मन्डनदेउपुरका २२ वर्षीय रुपेश कुँवर, गोरखाको सिरानचोकका २० वर्षीय सबिन गुरुङ रहेका छन्। यस्तै धादिङको निलकण्ठ-११ का ५२ वर्षीय ओमनारायण श्रेष्ठलाई पनि पक्राउ परेका छन्।

उनीहरुमाथी ओखेटोपटार ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै