Comments Add Comment

Advertisment

SKIP THIS

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ५१७ जनामा संक्रमण पुष्टि

२७ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ । ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख २९ हजार ५१७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।


संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड २९ लाख ९१ हजार९२७ पुगेको छ ।


यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ९० लाख २१ हजार २०७ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख २० हजार ६९५ छ ।


यस्तै त्यहाँ एकैदिन ३८ सय ७९ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ५० हजार २५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै