Comments Add Comment

Advertisment

SKIP THIS

राति ड्युटीमा खटिएका इन्स्पेक्टर कटुवाललाई बञ्चरो प्रहार : टाउको र हातमा गम्भीर चोट

काठमाडौं : सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय, झिलझिलेका इन्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाललाई बिहीबार साँझ ७ बजेतिर एक युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका छन्।

झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोलानजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएका थिए।

तीन जना युवा सवार एउटा मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवाले बञ्चरोले कटुवाललाई अचानक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।

 

उनका अनुसार घाइते प्रहरी निरीक्षक कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको छ।

बिर्तामोडको बिएन्डसी अस्पतालमा उनको उपचार भइरहेको छ। प्रहरीले आक्रमणमा संलग्नसहित तीनै जना युवालाई नियन्त्रणमा लिएको छ।

आक्रमणमा संलग्न युवा मादकपदार्थ सेवन गरेर लठ्ठ भई मोटरसाइकलमा सवार रहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै