Comments Add Comment

Advertisment

SKIP THIS

कोरोना संक्रमितका लागि प्रियंकाले गरिन् कोषमा २२ करोड जम्मा


६ जेठ, भारत । बलिउड नायिका प्रियंका चोपडाले भारतमा कोरोनाका कारण समस्यामा परेका मानिसहरुको सहयोगका लागि भन्दै सहयोग कोष स्थापना गरेकी छिन् ।

उनले, अनलाइनको माध्यमबाट सुरु गरेको यो कोषमा २२ करोड भारतीय रुपैयाँ जम्मा भएको उल्लेख गरेकी छिन् । सामाजिक संजालमा उनले लेखेकी छिन्–‘हामीले ३ मिलियन डलर अर्थात २२ करोड रुपैयाँ जम्मा गर्न सफल भएका छौ । यो रकमले ५ सय अक्सिजन कन्स्ट्रेटर र ४२२ अक्सिजन सिलिन्डर किन्न सकिन्छ । ’

साथै, उनले यो रकमले ६ हजार मानिसमा कोरोना विरुद्धको खोप लगाउन सकिने पनि उल्लेख गरेकी छिन् । उनले, यो कोषमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै