Comments Add Comment

Advertisment

SKIP THIS

हेटौंडा बसपार्कबाट अवैध लागूऔषध गाँजा ६ किलो सहित ३ जनालाई प्रहरीले पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा ६ किलो सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्सा गढी नगरपालिका-९ टाँगा बस्ने ३० वर्षीय संजय भन्ने अमिर लाल प्रसाद यादव, ४५ वर्षीय जंग बहादुर पासवान र ३२ वर्षीय मनोज यादव रहेका छन् ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै