२६ माघ, काठमाडौं । प्रहरीले पोखराबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका-२७ बगदी खोला भन्ने स्थानबाट नियन्त्रित लागूऔषध ४७ एम्पुल फेनरागन, ४७ एम्पुल नुफिन र ४७ एम्पुल डाईजोपाम सहित सोही महानगरपालिका-१७ कुमाल गाउँ बस्ने २७ वर्षीय सरोज कुमाललाई मंगलबार राति पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







