Comments Add Comment

Advertisment

SKIP THIS

बढ्यो सुनको मूल्य , प्रतितोला १ लाख १२ सय रूपैयाँ पुग्यो

६ पुष , काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १२ सय रूपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको भाउ तोलामा १ लाख १२ सय रूपैयाँ पुगेको जानकारी दिएको हो । यसका लागि आजै तोलामा ८०० रूपैयाँले सुनको मूल्य बढेको छ ।

छापावाल सुनको मूल्य तोलामा १ लाख १२ सय रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य तोलामा १ लाख ७०० रुपैयाँ कायम छ । हिजो मंगलबार सुनको मूल्य तोलामा १ लाख ४०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ९०० रुपैयाँ थियो ।

पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ । पुस महिनामा मात्रै सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको छ । महिनाको पहिलो दिन सुनको मूल्य तोलामा ९९ हजार ९०० रुपैयाँ थियो । जुन, अहिले बढेर १ लाख १२ सय रुपैयाँमा पुगेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा २५ रुपैयाँले बढेर चाँदीको मूल्य १४ सय रुपैयाँ पुगेको छ । हिजो मंगलबार यसको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ थियो ।एको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

बढ्यो सुनको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

बढ्यो सुनको मूल्य