Comments Add Comment

Advertisment

SKIP THIS

बढ्यो सुनको मूल्य

१३ असोज , काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

महासंघकाे अनुसार हिजो प्रतितोला ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, बजारमा आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेको छ । बुधबार प्रतितोला एक हजार एक सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment