Comments Add Comment

Advertisment

SKIP THIS

किताब छाप्‍न नसक्ने जनक शिक्षा खारेज गरौँ : सांसद नवीना लामा

२६ जेठ , काठमाडौं । एमाले सांसद नवीना लामाले जनक शिक्षा केन्द्र खारेज गर्न प्रस्ताव गरेकी छिन्। प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले जनक शिक्षा केन्द्र खारेज गर्न प्रस्ताव गरेकी हुन्।

जनक शिक्षा केन्द्रको लापरबाहीले विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको आरोप लगाएकी छन्। उनले भनिन्, ‘कक्षा ६ र ८ को पुस्तकको अभाव छ, पुस्तक किन अभाव भयो, जनक शिक्षा सामग्री बचाउने नाममा विद्यार्थीहरूले पुस्तक कहिल्यै पाएनन्। यदि छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री किन चाहियोरु सरकारले किन पैसा दिइरहनेरु खारेज गरौँ।’

उनले किताब छाप्नको लागि जनक शिक्षा सामग्री खारेज गरेर निजीलाई दिनुपर्ने बताएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै