Comments Add Comment

Advertisment

SKIP THIS

फेसबुकको फेक अकाउन्ट बनाइ ब्ल्याकमेलिङ गरि फिरौती माग्ने तीन जनालाई प्रहरीले पक्राउ

चितवन । सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट बनाइ ब्ल्याकमेलिङ गरि फिरौती रकम माग गरेको आरोपमा प्रहरीले चितवनमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रत्ननगर नगरपालिका १३ घर भएका २० वर्षका प्रवेश रिमाल, सिराहाको लाहान नगरपालिका १ घर भएका १९ वर्षका युनिक सिंह र पोखरा महानगरपालिका २९ का २२ वर्षीय अनुराग घिमिरे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुले फेसबुकमा महिलाको फेक आइडी बनाइ महिलाकै आवाज निकालेर च्याट गर्ने, अश्लील भिडियो पठाउने गरेका थिए ।

यस्तै पुरुषसँग भिडियो कल गरी झुक्याई गोप्य फोटो तथा भिडियोलाई स्कृन रेकर्ड तथा स्कृन सट गरी उक्त फोटो तथा भिडियोको आधारमा पैसा माग गर्ने र पैसा नदिएको खण्डमा भिडियो तथा फोटो सार्वजनिक गर्दिन्छु भन्दै उनीहरुले धम्की दिँदै फिरौती रकम माग गरेका थिए ।

उनीहरुले चितवनका दुई पुरुष र कास्कीका एक महिलासँग फिरौती रकम मागेको चितवन प्रहरीले जनाएको छ । उनीहरुको साथबाट फिरौती लिएको ७६ हजार रुपियाँ र ४ थान मोबाइल सेट पनि बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै