Comments Add Comment

Advertisment

SKIP THIS

व्यवस्था खराब होइन, संचालकको कार्यशैली ठिक भएन् : झाँक्री

२९ साउन , काठमाडौ ।  नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आर्थिक र राजनीतिक गतिविधि सही बाटोमा नहुँदा पर्याप्त रोजगारी सिर्जना हुन नसकेको बताएकीछन् ।

मंगलबार काठमाडौंमा आयोजित अन्तरपुस्ता संवाद फोरम माउनले व्यवस्था आफैंमा खराब र असल भन्ने होइन् त्यसलाई सञ्चालन कसरी गर्ने भन्ने विषय महत्वपूर्ण भएको भन्दै युवाहरुलाई देशमै रोजगारी सिर्जना गर्नेतर्फ ध्यानदिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘व्यवस्था आफैंमा खराब र असलभन्ने कुरा हुदैँन् । व्यवस्थालाई कसरी सञ्चालन गर्ने भन्ने कुरा हेर्नुपर्छ । हाम्रो आर्थिक अवस्था, राजनीतिकगतिविधिले गर्दा देशमा रोजगारी सिर्जना गर्न सकिरहेका छैनौ ।’

यसको साथै उनले देश आजसम्मपनिनिर्वाहमुखी कृषिमा रमाइरहेको भन्दै यस्तो कृषिले देश विकासमा सहयोग नपुग्ने बताइन् ।

उनले भनिन्, ‘हामी आज सम्म पनि निर्वाह मुखी कृषिमा रमाइरहेका छौं । व्यवसायिक कृषिमाजान सकेका छैनौ । यसरी नै जाने हो भने हामी कतै पनि पुग्न सक्दैनौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment