Comments Add Comment

Advertisment

SKIP THIS

समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बस्दै, के छ एजेण्डा ?

२१ असार , काठमाडौ । समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्ने भएको छ ।

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ ।

मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने नेकपा ९एकीकृत समाजवादी०का नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी, नेकपा ९एकीकृत समाजवादी० र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment