Comments Add Comment

Advertisment

SKIP THIS

चोरी गरिरहेको अवस्थामा कैलालीबाट ४ जना पक्राउ

२८ मंसिर काठमाडौ । कैलालीमा चोरी गरिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शान्तिनगर बस्ने लोकेन्द्र सिंह सामन्त, सोही ठाउँका उमेश भन्ने आलोक चौधरी, बाजुरा बुढीगंगा नगरपालिका–८ बस्ने विकास नेपाली, धनगढी–१ कै विवेक साउद रहेको जिल्ला प्रहरी कार्यालय कैलाली ले जनाएको छ ।

गए राति ३ बजेको समयमा धनगढी–१ कैलाली पुलस्थित रातोपुल बस्ने टेकराज पनेरुले सञ्चालन गरेको उग्रतारा ट्रेडिङ्ग हाउसको ताला फोडेर चोरी गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई चोरी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment