Comments Add Comment

Advertisment

SKIP THIS

जिप दुर्घटनामा परी दुई जनाको मृत्यु


१३ माघ , काठमाडौँ । बुधबार बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ।

मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो।

उहाँका अनुसार दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ वस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान वस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको हो। जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भीर घाइते भएको बताइएको छ।

उनलाई उपचारका लागि झापाको विएण्डसी अस्पताल लगिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment