१५ फागुन, काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले व्याख्यात्मक घोषणा भनिए पनि एमसीसी सम्झौतामा कुनै परिवर्तन नहुने बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा सम्झौतामाथि सैद्धान्तिक छलफलका क्रममा बोल्दै उनले जुनसुकै व्याख्यात्मक टिप्पणी लेखिए पनि सम्झौताको बुँदा परिवर्तन नहुने स्पष्ट पारे ।

उनले भने, “कसैको मुज(जुँगा) निचा (मुनि) गर्न मिलेन भनेर त्यो व्याख्यात्मक टिप्पणी आवश्यक पर्यो । जति नारा लगाए पनि यो प्रावधान परिवर्तन हुँदैन । लचकता कांग्रेसले प्रशस्त देखाएको छ,” “धेरै जितेँ नभन्नुहोस् । सडकमा मान्छे उचाल्नुभयो । निर्वाचनअघि राष्ट्रघाती, पछि राष्ट्रवादी भन्दै हिड्नुभयो । चीन, अमेरिका, भारत सबैबाट सहयोग लिऊँ । नारा लगाएर मात्र लोकतन्त्र बलियो हुन्न । हिजो एकसाथ सत्तामा बस्दा यो अघि बढाएको हैन ?”






