Comments Add Comment

Advertisment

SKIP THIS

साफ कंग्रेसमा भाग लिन महासचिव राईको नेतृत्वमा एन्फा टोली ढाका प्रस्थान

१६ असार , काठमाडौं । बंगलादेशमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेसमा अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईले नेतृत्वमा नेपाली टोली सहभागी हुने भएको छ ।

साफको कंग्रेस ढाकामा शनिबारदेखि हुँदैछ । त्यसका लागि एन्फा महासचिव राई सहितको टोली त्यसतर्फ प्रस्थान गरेको एन्फाले जनाएको छ ।

राईसहित एन्फा सदस्य विकास नारायण श्रेष्ठ र ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) का अध्यक्ष सुन्दर नरसिंह जोशी पनि ढाका गएका छन् ।

एन्फा महासचिव राईले साफ कंग्रेसमा साफ महिला च्याम्पियनसिप काठमाडौंमा गराउनका लागि एन्फाको प्रस्ताव औपचारिक रुपमा प्रस्तुत गर्ने एन्फाको तयारी छ ।

यस्तै कंग्रेसमा साफ सदस्यहरुबीच फुटबल विकासका विषयमा पनि छलफल हुने एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै