२५ बैशाख , काठमाडौं । वैशाख ३० गते हुने स्थानीय चुनावका लागि काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ३ को वडा अध्यक्ष पदमा हरिशरण घिमिरेले उम्मेदवारी दिएका छन् । नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओबादी केन्द्र)को सयुक्त गठबन्धनबाट घिमिरेले वडाअध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।

वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका घिमिरे समाजसेवीसंगै कृषि व्यवसायी हुन् । उनी युवा सफल कृषि उद्यमिका रुपमा पनि चिनिन्छन् । युवा उद्यमिमा छुट्टै पहिचान बनाएका घिमिरे बेलायतबाट एमबीए गरेर नेपालमै केहि गर्नु पर्छ भनेर कृषी व्यवसाय शुरु गरेको सुनाउँछन् । उनी भन्छन्, ‘नेपालमै केहि गर्नु पर्छ भन्ने सोचले बेलायतबाट नेपाल फर्किए । उक्त सोचलाई पुरा गर्न कृषि व्यवसाय सञ्चालन गरे । अझै आफ्नो ठाउँमा केहि गर्नु पर्छ भन्ने अठोट लिएर अहिले वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।’

उनका अनुसार राजनीति भनेको समाजसेवा हो । तर, बिडम्बना पछिल्लो समय राजनीतिलाई समाजसेवा भन्दा बढी पैसा आर्जन गर्ने उद्यमकोरुपमा विकास भइरहेको छ । राजनितिक क्षेत्रमा फैलिएको यस्ता विकृतीलाई हटाउन सधै प्रयत्न गर्नेछु । समाजको सेवा गर्नका लागि राजनीति मात्रै गरेर हुँदैन । यसका लागि आफैँ उत्पादनमा जोडिनु पर्ने उनको भनाई छ ।
उनी जनताका हरेक सुखदुःखका साथी बन्दै आएका छन् । देशकै राजधानि काठमाडौंबाट नजिक भएर पनि पर्याप्त आधारभूत विकासका पुर्वाधार समेत पुग्न नसकेको जितपुरमा कतिपय खानेपानीदेखि सडक निर्माणका ठूल्ठूला आयोजनाहरु उनकै पहलकदमीमा भएको स्थानिय बताउँछन् ।

वडा अध्यक्ष पदमा आफूले जितेमा यस क्षेत्रमा रहेको खानेपानी समस्यादेखि लिएर पूर्वाधार निर्माण गरि देशकै नमुना वडा बनाउने उनले प्रतिबद्धता जनाए । धार्मिक ऐतिहासिक क्षेत्रको विकासको लागि पदमार्ग निर्माण गर्ने समेत उनले बताए । घिमिरेले भने, ‘थानागढी भ्युटावरदेखि तीनपिप्ले, भुवनेश्वरी मन्दिर हुँदै पाँचमाने भन्ज्याङबाट तारेकेश्वरसम्मको क्षेत्रमा पदमार्ग निर्माण गर्नेछौं ।’
उनले प्रतिबद्धता जनाउँदै उनले, ‘तीनपिप्लेदखि आठमाइल हुँदै बालाजुसम्मको क्षेत्रमा लामो समयदेखि सार्वजनिक सावरी सञ्चालन हुन सकेको छैन । म निर्वाचित भएमा त्यस क्षेत्रमा एक महिनाभित्र सार्वजनिक सवारी सञ्चालन गर्नेछु ।’



