१० साउन , काठमाडौं । जिल्लाको कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् । श्रीमान्को शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको छ ।
कृष्णको हातमा चोट देखिएको र मञ्जुको मुखबाट फिँज आएको देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



