Comments Add Comment

Advertisment

SKIP THIS

कोभिडप्रति ध्यान दिउँ !

१२ जेठ ,काठमाडौ । एकातिर अहिले कोभिडको महामारीले नेपाललगाएत विभिन्न देशका जनताहरुलाई आक्रान्त पारिराखेको छ । अर्कोतिर राजनीतिक माहोलको गर्मा गर्मी कहिलै नटुङीने पहाडको यात्राजस्तो भइसकेको छ ।

यी राजनीतिक दलका नेताहरुदेखि जनता वाक्क दिक्क भइसकेका छन । लक्डाउनले झन सर्वसाधारण मानिसलाई रोगको साथै भोकको पनि चिन्ता छ ।
छाप्रोमा बसेर जीवन निवाह गर्ने दुखि गरिबका लागि को बोल्यो यो अहिलेको परिस्थितिमा, यता संसद पुनस्थापना गर्नैपर्छ भनेर केही दलका नेताहरु सर्वोच्चमा रीट हाले तर नागरिकता बिध्येयक ठीक होइन भनेर अहिले कुनै दल र दलका नेताहरु बोलेका छन । आखिर शेरबहादुर , माधव, प्रचन्ड जो प्रधानमन्त्री भएपनि यो नागरिकता बिध्येयक पारित गरेरै छोड्थे ।

अघि पछि सर्वसाधारण जनताको हक हितको लागि बोल्ने हामी रास्ट्रबादी हौं भन्ने नागरिक समाजका अगुवाहरु र विभिन्न राजनीतिक दलका नेताहरु आज कोरोनाले जनतालाई आक्रान्त पारेर एकमुट्ठी अक्सिजनमा जीवनको भिख मागिरहँदा को बोल्यो रु कता हरायो तपाईहरुको मानवता रु डलर र भारुरुपी अधिकारकर्मीहरु , तपाईहरुमा सच्चा रास्ट्रवाद र जनताप्रति सद्भाव छ भने यो समयमा विभिन्न सर्कलका बुद्दिजीवीहरुलगाएतलाई साथमा लिएर जनताको जिउको रक्षार्थ अगाडि बढ्नुहोस ।

सरकारले पनि केही भरौटेहरुको लहै लहैमा लागेर सव ठीक छ भनेको भरमा विस्वास नगरी जसरी यो गत केही दिन यता युद्दस्तरमा कोभिड बिरामीको लागि काम भइरहेको छ त्यही गतीमा सवैको साथ सहयोग लिएर स्वास्थ्यकर्मीलाई हौसला, सेवा सुबिधा प्रधान गर्दै अगाडि बढ्नु नितान्त आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै