Comments Add Comment

Advertisment

SKIP THIS

सम्बन्धित निकाएको ध्यान जावस !

“धादिङमा भएको बँदेल आतंक” शीर्षक लेख पढी केही लेख्न मन लाग्यो । धादिङको थाक्रे गाउँपालिकामा बँदेलले अन्नवाली नष्ट गर्न थालेपछि त्यहाँका किसान चिन्तित हुनथालेजस्तै देशका विभिन्न भागमा बँदेल मात्र नभएर बाँदर र जंगली हात्तीको पनि त्यत्तिकै बिगबिगी छ ।

लमजुङ जिल्लाको पश्चिमी भेगमा अस्वस्थित मध्यनेपाल नगरपालिकाको वडा नं २ टक्सार , जिता, सुर्यपाल , समिभन्ज्याङलगाएत अन्य विभिन्न ठाउँहरुमा लगाइएको बाली नाली बाँदर आतंकको कारणले किसानले पाकेको बाली पनि थन्क्याउन पाएको  अवस्था छैन ।

केही वर्ष अगाडि दोलखामा घरमा एक्लै बसिरहेकी एक बृद्दा महिलालाई घरमा थन्क्याएको मकै खान नदिएको रिसमा बाँदरले चिथोर्दा सख्त घाइते भएकी थिइन । केही क्षणमै  बेहोस भएपछि अस्पत्तालमा भर्ना गरिएको थियो ।

यस्तै चितवन र पूर्वी जिल्लाहरु पाँचथर, ताप्लेजुङ , संखुवासभामा भने जङली हात्ती आतंकले गर्दा  लगाएको बाली त नष्ट भयो नै  जनजीवन पनि अस्तब्यस्त बनाएको खवर सुनिन्छ ।

यसरी पश्चिमतिरका केही जिल्लाहरुमा त किसानले लगाएको अन्नवाली घरमा भित्र्याउने समयमा बाँदरले खाइदिएर नोक्सान मात्र भएकोले त्यहाँका जनप्रतिनिधिहरुद्वारा बाँदर नियन्त्रण गर्नको लागि बजेट नै छुट्याइएको अवस्था थियो ।

तसर्थ , सुन्दा र देख्दा ख्याल ख्यालजस्तो तर बँदेल, बाँदर, हात्तीलगाएत अन्य कयौं जंगली जनावरहरुले किसानले दुख गरेर लगाएको खेतीवाली नष्ट मात्र गरेका छैनन अझ गाउँबस्ती टोलमा नै मानिसहरुलाईसमेत झम्टिने, लखेट्ने र अनेक दुख दिएर कयौं ठाउँमा  त मान्छे मारिएका घटनाहरु  पनि सुन्नमा आएकोले यस्ता जंगली जनावरहरुको आतंकबाट छुटकरा पाउनको लागि सो नियन्त्रणको योजनावारे सम्बन्धित निकाएको ध्यान जान जरुरी छ ।

खिमराज गिरी
९८५११९३०८८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै