Comments Add Comment

Advertisment

SKIP THIS

पानीमा डुबेर बालकको मृत्यु

२९ चैत , काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–५ मा पानीमा डुबेर बालकको मृत्यु भएको छ । सोमबार दिउँसो १२ बजे चैनपुर नगरपालिका ५ का पेमा ओङ्दि शेर्पाका १ वर्षीय छोरा निमा साङ्गे शेर्पालाई जुठेल्नोमा खोले पकाउन राखिएको फोसी भाडामा रहेको पानीमा डुबी मृत अवस्थामा परिवारले फेला पारेको थियो ।

इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिगएको प्रहरी टोलीले कानुनी प्रक्रिया पुरा गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment