Comments Add Comment

Advertisment

SKIP THIS

स्थानीय तह निर्वाचन : २० ठाउँको अन्तिम नतिजा आउँदा कुन दलले कति सिट जिते ?

०१ जेठ , काठमाडौं । गत वैशाख ३० गते निर्वाचन भएका स्थानीय तहमध्ये हालसम्म २० वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म मत गणना सकिएका २० वटा पालिकामध्ये ८ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एमाले, ७ वटाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेस, ३ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र २ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार विजयी भएका छन् ।

हाल मतगणना भएका स्थानहरुमध्ये पालिका अध्यक्ष तथा प्रमुखमा २६६ स्थानमा नेपाली कांग्रेस, १८३ स्थानमा नेकपा एमाले, १०९ स्थानमा माओवादी केन्द्र, १२ स्थानमा एकीकृत समाजवादी, २६ स्थानमा जनता समाजवादी पार्टी नेपाल, ६ स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र २७ स्थानमा पार्टी तथा स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ ।

यस्तै, उपप्रमुख/उपाध्यक्षको मतगणना सकिएका २० स्थानमध्ये ८ वटामा नेपाली कांग्रेस, ७ स्थानमा नेकपा एमाले, २ स्थानमा माओवादी केन्द्र, २ स्थानमा एकीकृत समाजवादी र एक स्थानमा अन्य उम्मेदवार विजयी बनेका छन् ।

यसैगरी उपाध्यक्षमा कांग्रेसकै डम्मरीकुमारी विष्ट (कलेल) ले दुई हजार ४०७ मत प्राप्त गरी विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) की सपना सिराडीले दुई हजार २७६ मत प्राप्त गरेका छन् । गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी) का भक्तबहादुर साउदले एक हजार ४७१ मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की देवीसरा घर्तीले ८३२ मत प्राप्त गरिन् ।

यसैगरी वडा नं १ बाट वडाध्यक्षमा नेपाली कांग्रेसका डबलबहादुर बोहरा, वडा नं ३ बाट कांग्रेसकै रामबहादुर गुरुङ, वडा नं २ बाट नेकपा (माओवादी केन्द्र) का प्रेमबहादुर घर्तीमगर, वडा नं ४ बाट नेकपा (एमाले) का कर्णबहादुर जेठारा, वडा नं ५ बाट एमालेकै पदमसिंह बोहरा विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै