Comments Add Comment

Advertisment

SKIP THIS

अटो मेकानिक्स तालिम संचालन

१० साउन , काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा आठौं समूहको अटो मेकानिक्स तालिम संचालन भएको छ ।

उक्त तालिमको सोही महाशाखाका प्रहरी नायव उपरीक्षक ई. कमलेन्द्रलाल कर्णले महाशाखामा मंगलबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गरे । सो अवसरमा प्रहरी नायव उपरीक्षक कर्णले समय सापेक्ष दक्ष मेकानिक्स उत्पादन गर्नु तालिमको उद्देश्य रहेको उल्लेख गर्दै प्रशिक्षार्थीहरूले बढी भन्दा बढी ज्ञान हासिल गर्न आग्रह गरे ।

कार्यक्रममा प्रहरी निरीक्षक अनुप क्षेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा १ सय २० दिन कार्य अवधिको उक्त तालिममा २५ जना प्राविधिक प्रहरी जवानहरूको सहभागिता रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै