Comments Add Comment

Advertisment

SKIP THIS

बैंक अफ काठमाण्डूको कार्डबाट ई–कमर्स कारोबारमा क्यासब्याक योजना

२१ भदौ , काठमाडौं । बैंक अफ काठमाण्डूले चाडपर्वलाई लक्षित गरी ई–कमर्समा डेबिट र क्रेडिट कार्डमार्फत हुने सम्पूर्ण कारोबारमा नगदफिर्ता दिने योजना ल्याएको छ । बैंकको कार्डबाहकले विभिन्न ईकमर्स प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा कारोबार गर्नु भएको रकमको १०% वा अधिकतम् रु १५०० सम्म नगदफिर्ता पाउन सक्ने बैंकले जनाएको छ ।

यस नगदफिर्ता योजना भाद्र २२ गते बुधबारबाट सुरु हुनेछ । नगदफिर्ता योजना अन्तर्गत बैंकको कार्डबाहकले नगदफिर्ताको लागि योजना अवधिभर ३ वा सोभन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नुपर्ने छ र कारोबार रकम रु. १०,००० वा सो भन्दा बढि रकम हुनपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै