Comments Add Comment

Advertisment

SKIP THIS

भन्सार छली ल्याउँदै गरेको सुन जस्तो देखिने पहेलो धातु सहित पक्राउ

२४ असोज , काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट भन्सार छली ल्याउँदै गरेको सुन जस्तो देखिने पहेलो धातुको करिब ६० ग्राम तौलको औठी ३ थान र आईफोन मोबाईल २ थान सहित रामेछाप सुनापती गाउँपालिका-२ स्थायी वतन भएका ३६ वर्षीय किरण कुमार तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

हिमालय एयरलाइन्सद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको उक्त धातु र मोबाईल फेला पारी पक्राउ गरेको हो ।

उक्त धातु र मोबाईल सहित उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै