उच्च मनोवलका साथ कार्यसम्पादन गर्न डीआईजी थापाको निर्देशन -
Comments Add Comment

उच्च मनोवलका साथ कार्यसम्पादन गर्न डीआईजी थापाको निर्देशन

१५ माघ , काठमाडौ ।  बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापाले उच्च मनोवलका साथ प्रभावकारी ढंगले आफूलाई दिईएको जिम्मेवारी सम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन एका छन् ।

डीआईजी थापाले बागमती प्रदेश प्रहरी कार्यालय मातहतका नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र बागमती प्रदेश प्रहरी गण हेटौंडाको निरीक्षण तथा अवलोकन भ्रमणपश्चात् उक्त निर्देशन दिएका हुन् ।

327927525_858423791905133_6354524458203065287_n1674988718.jpg

आज आयोजित छुट्टाछुट्टै कार्यक्रमकाबीच डीआईजी थापाले कार्यालयहरुको वस्तुस्थिति र सम्पादित कार्यहरुको बारेमा जानकारी लिनुका साथै कार्यालयमा रहेका विभिन्न शाखाहरुको निरीक्षण गरेका हुन् ।

यसैगरी प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रहेको थुनुवा कक्षको समेत निरीक्षण गरेका छन् ।

328129221_575687820763695_3240481831486940300_n1674988731.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै