Comments Add Comment

Advertisment

SKIP THIS

आत्मदाहको भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने गुल्मी प्रहरीको चेतावनी

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले आत्मदाहको भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

गुल्मी प्रहरी र जिल्ला प्रशासन कार्यालय गुल्मीले प्रदर्शन गर्ने क्रममा मानिस जलेको भिडियोलाई आत्मदाह गरेको भन्दै गलत प्रचारप्रसार गरेर समाजमा भ्रम पैदा गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

 

गुल्मी अस्पतालमा उपचारका क्रममा अर्घाखाँचीको छत्रदेव गाउँपालिका– ७ भगवती काउलेकी ६ वर्षीया बालिका प्रशंसा मरासिनीको मृत्यु भएको थियो।

चिकित्सकको लापरबाहीले बालिकाको ज्यान गएको भन्दै मृतकका आफन्तले अस्पताल र प्रशासन परिसरमा नाराबाजी सहित टायर बालेर प्रदर्शन गर्ने क्रममा जलेर तीन युवा घाइते भएका थिए ।

टायरमा पेट्रोल छर्किएर बाल्ने क्रममा एक्कासी आगो शरिरमा लागेपछि अर्घाखाँची छत्रदेव गाउँपालिका-७ का सागर र लक्ष्मण पाण्डेय तथा वडा नं ८ का कृष्ण पौडेल जलेर घाइते भएका थिए ।

उक्त भिडियोलाई समाजिक संजाल र केहि संचार माध्यमले समेत पेज मार्फत न्याय नपाएपछि युवाले गरे आत्मदाह भन्दै गलत प्रचार गरिएको प्रहरीले जनाएको छ । यस्तो गलत प्रचारले आम नागरिकमा निराशा पैदा गर्ने भएकाले भ्रामक समाचार सार्वजनिक नगर्न गुल्मी प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै