सूर्यविनायकको जङ्गलमा कर्तव्य ज्यान गरी फरार रहेका सुवाल मृतकको मोबाइलसहित प्रहरीले पक्राउ -
Comments Add Comment

सूर्यविनायकको जङ्गलमा कर्तव्य ज्यान गरी फरार रहेका सुवाल मृतकको मोबाइलसहित प्रहरीले पक्राउ

काठमाडौँ । कर्तव्य ज्यान गरी फरार रहेका भक्तपुरका सन्तोष सुवाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तेह्रथुम घर भई हाल भक्तपुर बस्दै आएका बर्ष ३३ का गोपाल ढकालको हत्यामा सम्लग्न देखिएकोले सुवाललाई पक्राउ गरिएको हो ।

सूर्यविनायक जङ्गलमा रु दुई लाख लिई आउनु भनी बोलाएर ढकालको हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको थियो । ढकालको शव गत फागुन ११ गते सुर्यबिनायक स्थित रोधन बस्नेतको गोठमा फेला परेको थियो ।

सुवाललाई काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका ६ बाट शनिबार पक्राउ गरिएको हो । मृतकको मोबाइलसहित पक्राउ परेका सुवाललाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जगाती पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै