Comments Add Comment

Advertisment

SKIP THIS

पञ्चपुरी घटना : छोराको हत्या गर्ने बाबु टिकापुरको लम्कीपुरबाट पक्राउ

४ माघ ,काठमाडौ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–६, कुवापानीका १८ वर्षीय युवक भरत बुढाको हत्या गर्ने उनकै बाबु ४५ बर्षीय नयाराम बुढा पक्राउ परेका छन् । टिकापुर–१, लम्किपुर भन्ने ठाउँबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी बरिष्ट नायव निरीक्षक नारायण शर्मा, प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी, इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी प्रमुखको टोली टिकापुर गएको थियो। मोबाइल लोकेसनका आधारमा टिकापुर पुगेको अनुसन्धानको टोलीले त्यहाँ पक्राउ गरेर टिकापुर प्रहरीमा राखेको छ ।

उनी अहिले १० बजे लम्बीपुरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले रातोपाटीलाई जानकारी दिए । घटना घटेको दिन देखिनै सम्बन्धित नाकाहरुमा प्रहरीलाई खटाइसकिएको थियो । लम्कीपुरमा उनी साडुदाईको घरमा बसिरहेका थिए । त्यहीँबाट उनी भारतर्फ जाने तयारी गरिरहेका थिए ।

मङ्गलवार बिहान १ बजेतिर उनले आफ्नै छोराको बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले प्राप्त गरेका विभिन्न आधारहरूबाट पुष्टि भएको थियो । उनको शव सबैभन्दा पहिला उनकै बहिनीले देखेकी थिइन् । त्यसपछि उनले गाउँलेलाई खबर गरिन् र गाउँलेले इलाका प्रहरी कार्यालय बाबिया चौरमा खबर गरेका थिए । त्यसपछि बाबियाचौर प्रहरी घटनास्थलमा पुगेर स्थान सुरक्षित राख्यो ।

राति नै अनुसन्धानको टोली त्यहाँ गएर अनुसन्धान गरेको थियो । कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि त्यहाँ पुगेको थियो । अनुसन्धानको क्रममा घटनामा उनकै बुबा संलग्न रहेको प्रमाणहरू फेला परेका थिए भने उनकी बहिनीले पनि दाजुको हत्या बुबाले नै गरेको बताएकी थिइन् ।

बुबाले नै हत्या पश्चात् घर अगाडिको बाख्राको खोर नजिकै सुकेको डाले घाँसले शवलाई छोपेर राखेको र फरार भएका थिए । बुबाले हत्या गर्नुको पछाडि बलात्कार सम्बन्धीको विषय जोडिएको छ ।

असोज तेस्रो सातातिर छोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । कार्तिक १५ गते प्रहरीमा परेको जाहेरीमा मृतककी बहिनीमाथि बुबाले बलात्कार गरेको विषय उल्लेख छ । प्रहरी अधिकृतका अनुसार भारतमा काम गरिरहेका बुबाले घरमा आई मामा घरमा रहेकी छोरीलाई बोलाई बलात्कार गरेका थिए ।

बहिनीले दाइलाई भनेपछि दाइले प्रहरीमा जाहेरी दिएका थिए । ती अनुसन्धान अधिकृतले दिएको जानकारीअनुसार ती बाबुले दुईवटा विहे गरेका थिए । मृतक युवा र बलात्कारको शिकार भएकी छोरी जेठो श्रीमतीतर्फका हुन् । बलात्कारको जाहेरी परेपछि कान्छी उनी श्रीमती लिएर भारत गएका थिए ।

आफूविरुद्ध जाहेरी दिएको भन्दै रिस साँध्न बाबुलेनै छोराको हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । भारतमा रहेका उनी घटना घट्नुको केही दिनअघि मात्रै नेपाल आएका थिए । घटना बाबुले नै घटाएको भन्दै बुधवार मृतकका काकाले जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यानसम्बन्धी जाहेरी समेत दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment