Comments Add Comment

Advertisment

SKIP THIS

लागुऔषध ब्राउन सुगर सहित भारतिय सवारी साधन र दुई जनालाई प्रहरीले पक्राउ

काठमाडौं: उदयपुरको त्रियुगा नगरपालिका-१० स्थिबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित भारतिय नम्वरको सवारी साधन र २ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व बिशेष सुरक्षा योजना अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट परिचालित प्रहरी टोलीले सोमबार बिहान त्रियुगा नगरपालिका – १० स्थित गैरुन कालीखोला नजिक रोकी राखेको BR 11PB 1355 नम्वरको स्कारपियो गाडीलाई संका लागि चेकजाँच गर्दा गाडीको गियर बक्स भित्र प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको २९ ग्राम २९० मिलिग्राम ब्राउन सुगर, नगद १ लाख ५४ हजार रुपैया र डिजिटल तराजु १ थान समेत बरामद गरेको हो ।

उक्त सवारी साधनबाट ब्राउन सुगर तथा नगद रुपैया बरामद भए संगै गाडी चालक भारत बिहार सुपौल भिमनगरका २७ बर्षीय जसविर कुमार मण्डल र गाडीमा सवार रहेका भारत बिरपुरका सन्तोष कुमार महतोलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

प्रतिवन्धित लागुऔषध ब्राउन सुगर, नगद रुपैया र गाडी सहित पक्राउ परेका दुबैजनाको समानित उदयपुर जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै