Comments Add Comment

Advertisment

SKIP THIS

बिदाको दिनमा प्रशासनको पास बिना सवारी चलाए ट्राफिकले कार्वाही गर्ने सिडियो : रेग्मी

(सागर थापा) दाङ । सार्वजनिक बिदाका दिन सरकारी कार्यालयका सवारी साधन चलाउन जिल्ला प्रशासन कार्यालय दाङबाट पास अनिवार्य लिनुपर्ने भएको छ ।                                                                                                        बिना पास सवारी साधन चलाएको पाए जिल्ला ट्राफिक प्रहरीले तत्कालै नियन्त्रणमा लिने जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले एबिसी संचार टिभी संगको कुराकानीमा आफु दाङ आईसके पछी जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई पत्र सहित निर्देशन दिएको बताए ।
जस्तै शनिबार या सार्वजनिक बिदाका दिन बिना अनुमतिको कुनै पनि सरकारी नम्बर प्लेटको सवारी साधन नचलाउन भनेर जिल्ला ट्राफिकलाई निर्देशन दिएको बताए । जिल्लाका सबै स्थानीय तह, सबै सरकारी कार्यालय र सार्वजनिक संस्थानका सवारी साधनलाई बिदाका दिन अनुमति लिनुपर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले सार्बजनिक बिदाको दिनमा (पास) बिना चल्ने कुनै पनि सरकारी कार्यालयको सवारी साधनको हकमा कड़ाई गर्ने तथा तालुक कार्यालयबाट भएको निर्देशन अनुसार ट्राफिक प्रहरीले चेकजाँचलाई तीब्र पार्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै